काठमाडौं –  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।


ADVERTISEMENT


लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य  दिपेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि बुढानिलकण्ठ नगरपालिकाका मेयर  मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रालि र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष  टंक बुढाथोकीको प्रमुख आतिथ्यमा दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरी ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टुह्विलर ब्राण्डका रुपमा स्थापित छ ।