कपिलवस्तु–  यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभातर्फ दुई लाख ३० हजार ९२ मत गणना गरिएकोमा २९ हजार ८९५ मत बदर भएको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमा मात्र एमालेले काँग्रेसभन्दा बढी मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ भने एमालेले बढी मत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


काँग्रेस ६१ हजार २९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी, नेकपा एमाले ले ६० हजार ९९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने २१ हजार ९६७ मत ल्याएर राजपा तेस्रो पार्टी, १८ हजार ६६७ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल चौथो बनेको छ भने १० हजार ८३३ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) पाँचाँै नं मा पुगेको छ । कपिलवस्तु प्रतिनिधिसभा एकमा काँग्रेसले २२ हजार ८८५, एमालेले २३ हजार ५९८, माओवादी केन्द्रले पाँच हजार ४८० र राजपाले चार हजार ६३२ मत प्राप्त गरेको छ ।