चितवन – चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका पाँच हजार पाँच सय पटकाजन्य पदार्थ बरामद गरिएको हो ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै चार हजार सात सय ३० पटका बरामद गरको छ ।


ADVERTISEMENT

# # #


यस्तै जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उनले बताए । पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उनले बताए ।

खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ । चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ । रासस