काठमाडौं-प्रदेश नम्वर १ मा विद्युतको माग २५ प्रतिशतले बढेको छ ।


ADVERTISEMENT


पछिल्लो समय औद्योगिक संख्या बढेसँगै विद्युतको माग समेत वढेको हो । सयौं उद्योग सञ्चालनमा रहेका मेची र कोसी अञ्चलमा मात्रै २ सय २५ मेगावाट विद्युतको माग रहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


मागअनुसार विद्युत् प्राधिकरणले व्यवस्थापन गर्न सकेको छैन । अघिल्लो वर्ष यी क्षेत्रमा २ सय मेगावाट बिजुलीको माग थियो । निजी क्षेत्रले निर्माण गरेका १३ वटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली तथा भारतबाट आयातीत बिजुली समेत पूर्वका जिल्लामा वितरण गरिएको छ ।

भारतबाट १ सय ३२ केभी क्षमतामा कटैया–दुहबी प्रशारण लाईनमार्फत १ सय १० मेगावाट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रदेश नम्बर १ मा पर्ने सबै क्षेत्रमा गरी विद्युत् उपयोग गर्ने ५ लाख ७७ हजार १ सय ५२ ग्राहक रहेको जनाइएको छ ।