काठमाडौं-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाउँपालिका वडा नं १० मौवाखोलामा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिंदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।


ADVERTISEMENT


काठमाडौँबाट मुग्लिन जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकले टिकापुरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४४२० नम्बरको बसलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर कृष्णराज सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुर्घटनाका घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।