काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईसँग एक दिवसीय सिरिज खेल्ने भएको छ । नेपालले युएईसँग नेपालमा ३ खेलको एकदिवसीय सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


क्यानले काठमाडौँमा जारी प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लगत्तै अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्न लागेको हो । सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र युएईबीच पहिलो खेल १४ नोभेम्बर (कार्तिक २८ गते)मा हुनेछ । यस्तै दोस्रो खेल १६ नोभेम्बर (कार्तिक ३० गते) र तेस्रो तथा अन्तिम खेल १६ नोभेम्बरमा (मंसिर २ गते)हुनेछ ।


ADVERTISEMENT

# # #


सबै खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ । कप्तान सन्दीप लामिछाने नाबालिका बलात्कार अभियोगमा निलम्बित भएपछि नेपाली टोली अहिले कप्तानविहीन छ ।

एकदिवसीय विश्वकप क्रिकेटको ढोकाको रुपमा रहेको लिग–२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँगको सिरिज खेल्नुअघि युएईसँगको सिरिजलाई महत्वपूर्ण अभ्यास बनाउने नेपालको योजना रहेको छ ।

७ राष्ट्र सम्मिलित लिग–२मा नेपाल २० खेल खेल्दै ८ जित, ११ हार र १ बराबरीसहित १७ अंकका साथ छैटौँ स्थानमा रहेको छ । यता खेल खेलेको ओमान सबै ४४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । २६ खेल खेलेको युएई २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लिग–२ का शीर्ष ३ टोली अर्को वर्ष हुने विश्वकप छनोटका लागि छानिनेछन् ।