काठमाडौँ – यसवर्षको बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार ः द वे अफ वाटर’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ट्रेलरमा सुली परिवार (जेक, नेटिरी र तिनीहरूका बच्चाहरू)को कथा समेटिएको छ ।


ADVERTISEMENT


‘अवतार : द वे अफ वाटर’ १३ वर्षअघि प्रदर्शनमा आएको इतिहासकै सबैभन्दा धेरै कमाई गर्ने फिल्म ‘अवतार’को भाग–२ हो । जसलाई जेम्स क्यामरुनले निर्देशन गरेका छन् । ‘अवतार ः द वे अफ वाटर’ १६ डिसेम्बरदेखि विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।


ADVERTISEMENT

# # #


‘अवतार ः द वे अफ वाटर’ले दर्शकलाई पान्डोराको संसारको नयाँ कुनामा लैजाने निर्देशक क्यामरुनले जनाएको छन् ।

फिल्मको मुख्य पात्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टन र नाइतिरीको भूमिकामा जोए साल्दाना रहेका छन् । उनीहरुलाई केट विन्सलेट, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन लगायतले सघाएका छन् ।

फिल्मको कूल बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपियाँ) रहेको जनाइएको छ ।

ट्रेलर हेर्नुहोस् :