काठमाडौं-सरकारले ताजा जनादेशलाई रोक्ने दुष्प्रयास गरेको नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले आरोप लगाएका छन् ।


ADVERTISEMENT


झापाको दमकमा पत्रकारहरुसँग नेता नेम्वाङ्गले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको बताए ।


ADVERTISEMENT

# # #


नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिन समेत नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवासमक्ष आग्रह गरेका छन् । संविधानमा व्यवस्थै नभएको निर्वाचन प्रणाली जबरजस्ती लाद्न खोजेको नेम्वाङ्गको आरोप छ ।

कांग्रेसले आफ्नो संख्या बढाउन यस्तो बखेडा झिकेको नेम्वाङ्गले बताएका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेकाले पार्टी एकतामा कुनै शंका नगर्न उनले आग्रह गरेका छन् ।