काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिएको उनका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको हो ।