भरतपुर – मंसिर ०४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बिहीबार देखि  नेपाल प्रहरी शिक्षालयमा निरन्तर सञ्चालन भइरहेको “निर्वाचन सुरक्षा विशेष अनुशिक्षण कार्य क्रम”मा शुक्रबार  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सुरक्षा सम्बन्धि अभ्यासको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


थपलियाले निर्वाचन सुरक्षा सम्बन्धि अभ्यासको अवलोकन गर्दै निर्वाचनमा खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनसमेत  गरे।


ADVERTISEMENT

# # #


निर्देशनको क्रममा थपलियाले नव प्रवेशी प्रशिक्षार्थीहरुलाई अन्य बिकल्प हुँदाहुँदै पनि नेपाल प्रहरीजस्तो पवित्र सङगठन छनौट गरेकोमा आभार ब्यक्त गरे । उनले नव प्रवेशी प्रशिक्षार्थीहरुलाई  सफल ब्याबसायिक जीवनको सफलताको कामनासमेत दिए  ।

उक्त अवसरमा थपलियाले निर्वाचनमा खटिँदा कुनै पनि प्रलोभनबाट प्रभावित गर्न नपाइने, चुनाव निष्ठा, सिद्धान्त र विचारले जितिने कुरा भएकोले कसैको दवाव, प्रभाव र लालचमा नपरी निर्वाचन सम्पन्न गर्न निर्देशन दिए ।

निर्वाचनको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले नेपाल प्रहरीका सम्पूर्ण युनिटहरुलाइ निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने, निर्वाचन सम्बन्धी प्रलोभन दिने वा जिन्सी वा नगदी आदानप्रदान गर्ने विषयमा नियन्त्रण गर्नको निम्ति प्रत्येक चौकीस्तर सम्मका युनिटहरुलाईसम्पुर्ण अधिकार सुम्पिएको अवगत गरए ।

निर्वाचनको सुरक्षा मनोबलले गर्ने भएको हुँदा सम्पुर्ण निर्वाचन सुरक्षामा खटिन लाग्नु भएका प्रहरी अधिकृत तथा जवानहरूलाई उच्च मनोबल राखी राष्ट्रले सुम्पिएको जिम्मेवारी गम्भीर भई सतर्कताकासाथ सम्पन्न गरी आफ्नो पेशालाई प्रतिष्ठित बनाउन प्रेरणा प्रदान गर्नुका साथै यस शिक्षालयमा प्रशिक्षणरत प्रशिक्षार्थी प्रहरी अधिकृत तथा जवानहरुलाई निरन्तर रुपमा संचालित निर्वाचन सुरक्षा सम्बन्धी सैद्धान्तिक तथा ब्याबहारिक अनुशिक्षण कार्यक्रम मार्फत भएको प्रयास प्रशंसनीय रहेको कुरा उल्लेख गर्दै यस अवसरको लागि नेपाल प्रहरी शिक्षालयका निर्देशक तथा नेपाल प्रहरी शिक्षालयलाई हार्दिक धन्यवाद प्रकट गरे ।

उक्त अवसरमा यस नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक  सन्दिप भण्डारीले प्रमुख आयुक्तले प्रदान गरेको समय, निर्वाचन सुरक्षा सम्बन्धी अभ्यासको अवलोकन तथा निर्वाचनमा खटी जाने सम्पुर्ण अधिकृत तथा जवानहरुलाई भएको निर्देशनले थप हौसला प्राप्त भएको कुरा व्यक्त गरे ।

साथै प्रमुख आयुक्तज्यूबाट भएको निर्देशन निर्वाचनमा खटिने सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई मार्गदर्शनको रुपमा रहेको साथै ती निर्देशनहरूलाई पूर्ण पालना गरिने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, निर्वाचन आयोगका कर्मचारीहरू, यस शिक्षालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीका साथै प्रशिक्षणरत प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।