चितवन –चितवन –२ का  लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले मतदातालाई सुकुम्बासीको समस्या समाधान गर्ने वचन दिएका छन् ।


ADVERTISEMENT


भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभाका क्रममा भूमिहीनका समस्या सुनेपछि श्रेष्ठले मतदातालाई सुकुम्बासीको समस्या समाधान गर्ने वचन दिएका हुन् ।


ADVERTISEMENT

# # #


मंगलबार गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठले जितेपछि लालपुर्जा दिलाईदिन अनुरोध गरे । घरदैलो गर्ने क्रममा भूमिहिनहरुले आफूलाई जग्गाधनी पूर्जा मिलाईदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।

भरतपुर वडा नम्बर १२ का भुमिहिन वीर बहादुर तामाङ्गले बर्षौैदेखि अन्य नेताहरुले जितेपनि आश्वासन मात्रै दिएको भन्दै गुनासो गरे । ‘अहिले उमेश श्रेष्ठ ज्यू हाम्रो घरदैलोमानै आउनु भएको छ । पूर्जा दिने बचन पनि दिनुभएको छ । अब यसपटकको भोट उहांँलाई नै दिन्छौं’ तामाङ्गले भने । आफूहरुले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नु परेको भन्दै तामाङ्गले दुःखेसो पोखे ।

भूमिहिनका अगुवाहरुले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पूर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमा नै असर परेको बताउंँछन । ‘कतै काम खोज्न जांँदा पनि सुकुम्बासी भनेर काम पाईदैन । सार्वजनिक जग्गामा न त घर बनाउन सक्छौं । हाम्रो बासको ग्यारेन्टी उमेश सरले गर्नुहुन्छ भन्ने आशा चैं छ’, उनले भने ।

मतदाताको गुनासो सुनेपछि जवाफ दिदै उम्मेद्वार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाईदिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईंहरुले जस्तै दुःख संघर्ष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरुको पीडा नबुझे कस्ले बुझ्छ र ?’ श्रेष्ठले भने । यसका लागि भूमिहिनको भोटको आवश्यक रहेकोले जिताएर सांसद बनाईदिन श्रेष्ठले आग्रह गरे । घरदैलोको क्रममा प्रदेश २ ‘ख’का उम्मेद्वार उत्तम जोशीले आफूलाई यस क्षेत्रको भूमिहिनको समस्या राम्रोसंँग थाहा भएको भन्दै गठबन्धनले जितेमा जग्गाधनी पुर्जा दिलाउन आफूले कुनै कसर बांँकी नराख्ने बताए । गठबन्धनले आज भरतपुर १२ को मालपोत चोक, मुनाल चोक लगायतका ठाउंँहरुमा कोणसभा गरेको थियो ।