काठमाडौँ– काठमाडौ– बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।


ADVERTISEMENT


समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए ।


ADVERTISEMENT

# # #


देउवा सरकारले गत कार्तिक २७ गते बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको थियो । सरकारको निर्णयपछि वाम गठबन्धनका दलहरुले चुनावी नारा बनाएर आफ्नो सरकार बनेपछि पुनः गेजुवालाई नै निर्माण ठेक्का दिने सार्वजनिक घोषणा गरेपछि देउवा सरकारले बुढीगण्डकी आयोजना स्वदेशी लगानी मै निर्माण गर्ने र लगानीको खाका अध्ययन गर्न वाग्लेको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो ।

आयोजना निर्माण सम्पन्न गर्न दुई खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको प्रतिमेगावाट करिब २०–२१ करोड रुपैयाँ लाग्ने अनुमान छ । स्वदेशी लगानीको खाका सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।