गुल्मी – गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार चन्द्र भण्डारीले मतदान गरेका छन् । हुँगास्थित जनजाग्रितमाथि मतदान केन्द्रवाट उनले मतदान गरेका हुन् ।
उनी एमाले नेता प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धामा छन् ।


ADVERTISEMENT


देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।