मकवानपुर – बागमती प्रदेशको सबै जिल्लाहरूमा बिहानैबाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चिसोको कारण लामो लामो लाइन नभए पनि मतदाताहरूको उल्लासपूर्ण सहभागिता रहेको छ ।


ADVERTISEMENT


१३ जिल्लाको ३३ निर्वाचन क्षेत्रमा रहेको बागमतीमा सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेशमा दल र स्वतन्त्र गरी ६ सयभन्दा बढी उम्मेदवारहरू रहेका छन् । केही उम्मेदवारहरू बिहान पहिलो चरणमै आफ्नो मतदान सकेर अन्य मतदान स्थलहरूमा मतदाताहरू भेट्न दौडधुपमा लागेका देखिन्छन् भने केहीले आफूले अन्तिम समयमा मतदान गर्ने भन्दै आफ्नो निर्वाचन क्षेत्रको मतदान स्थलहरूमा पुग्न लागिपरेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरू रहेका छन् । जसमा अन्य समूदायका २९ जना मतदाताहरू रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् । प्रदेशको मकवानपुर जिल्लामा पनि बिहानैबाट उत्साहजनक रुपमा मतादान भैरहेको छ ।

जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदान गर्ने छन् । मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशील र ६० वटालाई संवेदनशील सूचीमा राखिएको छ । सबै मतदानस्थलहरूमा सुरक्षा व्यवस्था बलियो बनाइएको दाबी प्रशासनले गरेको छ ।