नवलपरासी – यहाँका एक व्यक्तिले विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् ।


ADVERTISEMENT


नवलपरासी गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।


ADVERTISEMENT

# # #


विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेका छन् ।

भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ ।

“आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भने ।