काठमाडौँ – आम निर्वाचन, २०७९ मा नेकपा एमालेले प्रतिनिधिसभातर्फ पहिलो जित हात पारेको छ । ललितपुर–२ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार १३९ मतान्तरले हराउँदै जित हात पारेका हुन् । विजयी भएका महर्जनले १५०२५ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी शाक्यले ८ हजार ८८६ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन महर्जनले ८ हजार ६६६ मत र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गरे ।