काठमाडौं – १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।


ADVERTISEMENT


सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री थिए ।


ADVERTISEMENT

# # #


विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन् ।