रसुवा – रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ । बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुँदा कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याएका छन् । गणना भएकामध्ये एक सय ५१ मत बदर भएका छन् ।


ADVERTISEMENT


यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मतप्राप्त गरेका छन् छ भने एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो । रासस


ADVERTISEMENT

# # #