मुम्बई – अभिनेता आमिर खानका लागि वर्ष २०१६ –१७ सुखद रह्यो । २३ डिसेम्बर २०१६ मा रिलिज उनको चलचित्र ‘दंगल’ २०१७ कै सबैभन्दा बढी (४९५) करोड कमाउने चलचित्र समेत बन्यो ।


ADVERTISEMENT


यसको अलवा विदेशी मुलुकमा पनि चलचित्रले राम्रो कमाउन सफल भयो । चीनमा पनि चलचित्रले राम्रो आम्दानी गरेको छ । यो वर्ष यस्ता आमिरलाई टक्कर दिने कुनै चलचित्र देखा पर्न सकेन ।


ADVERTISEMENT

# # #


तर वर्ष २०१८ मा केही चलचित्र आउँदैछन् । जसले अमिरको ‘दंगल’लाई पनि टक्कर दिने सम्भावना देखाएका छन् भने त्यसको कमाइ रेकर्ड पनि तोडिने सम्भावना छ । ती चलचित्रमध्यमा एक अमीरकै चलचित्र पनि रहेको छ । चलचित्र हो ‘ठग्स अफ हिन्दोस्तान’ ।

यो बर्ष शाहरुख खान अभिनित ‘ड्वार्फ’, सलमानको ‘रेस ३’, रणवीर र दीपिकाको ‘पद्यावती’, अक्षय र रजनीकांत अभिनित ‘२=०’ र अजय देवगन अभिनित ‘रेड’ आउँदैछ । यी सबै चलचित्र अमीरलाई चुनौती दिने खालका रहेका छन् ।

ड्वार्फः १ सय ५० करोडमा निर्माण भएको चलचित्र हो । यसको रिलिज मिति २१ डिसेम्बर २०१८ तय गरिएको छ । शाहरुख, कटी«ना कैफ र अनुष्का शर्मा चलचिको मुख्य भूमिकामा छन् ।

पद्याावतीः २ सय करोडमा तयार भएको चलचित्र हो । रिलिज डेट अहिलेसम्म नजुरेको चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको अभिनय देख्न सकिन्छ ।

२.०ः  निर्माण लागत ४ सय ५० करोड बताइएको यो चलचित्रको १३ अप्रिल २०१८ रिलिज डेट तोकिएको छ । अक्षय कुमार, रजनीकांत र एमी ज्याक्सन यसको मुख्य भूमिकामा छन् ।

रेश –३ः १ सय करोड लागतमा तयार यो चलचित्रमा सलमान खान, ज्याकलिन फर्नाडिज र बब्बी देओलको अभिनय रहेको छ ।

ठग्स आफ हिन्दोस्तानः अमिताभ बच्चन, अमिर खान, फातिमा सना शेख अभिनित यो चलचित्रको निर्माण लगत २ सय १० करोड बताइएको छ ।

संजय दत्तकी बायोपिकः १५० करोडमा निर्माण भएको यो बायोपिक ३० मार्च २०१८ मा रिलिज हुदैछ । रणवीर कपुर, दीया मिर्जा, मनीषा कोइरालाले चलचित्र अभिनय गरेका छन् ।

रेडः ५५ करोडमा निर्माण भएको यो चलचित्र १९ मार्च २०१८मा रिलिज हुदैछ । अजयदेवगन, इलियाना डिक्रुज र सौरभ शुक्लाको यसको मुख्य भुमिकामा छन् ।