काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली र आफूले गरेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले नै अनुमोदन गरिसकेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुबाट लाम्जिम्पाटमा बधाई ज्ञापन ग्रहण गरेपछि उनले भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जनताले बहुमत दिएको बताउँदै ओली र आफ्नो निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले अनुमोदन गरिसकेको दाबी गरे ।


ADVERTISEMENT

# # #


ुुयो पटकको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचन हो । त्यसैले हामी सबै खुशी र गर्वको कुरा त थिँदै थियो । त्यसमाथि अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रले साझा उमेदवार र घोषणापत्र सार्वजनिक गर्‍यौं । हामी झन्डै दुई तिहाई बहुमतको नजिक छौं,’ उनले भने, ‘केपी ओली र मेरो पहलमा भएको पार्टी एकता र चुनावी तालमेललाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले पनि अनुमोदन गरिसक्यो । हामी यसलाई निष्कर्षमा पुर्‍याएर औपचारिक रुप दिन मात्र बाँकी छ । हामी त्यसमा प्रतिबद्ध छौं ।’

उनले आफूहरु जीवनको उत्तरार्धमा पुगिसकेको बताउँदै देशको जिम्मा युवाहरुलाई लगाएर जाने जोडसमेत दिए । युवा संघ नेपालका पदाधिकारीहरुसँग प्रचण्डले अगाडि भने, ‘देश अब युवाहरुको हातमा आउँदैछ, हाम्रो चाहना के हो भने एउटा यस्तो परिस्थिति बनाएर देश जिम्मा लगाएर जाउँ । हामीले बाटो कोर्दिने मात्र हो ।’