काठमाडौं –  दाङ–२ मा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्माको अग्रता फराकिलो हुँदै गएको छ ।


ADVERTISEMENT


उनले एमाले महासचिव शंकर पोखरेललाई १५७४ मतले पछि पारेकी छिन् ।


ADVERTISEMENT

# # #


अहिलेसम्म १८३८० मत गणना गर्दा शर्माले ७५१३ मत प्राप्त गरेकी छिन् ।

पोखरेलले ५९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा शर्मा सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।