काठमाडौँ– काठमाडौमा जारी एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सले विजय सुरुवात गरेको छ । आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई ६ रनको झिनो अन्तरले हराउँदै जीत हात पारेको हो ।


ADVERTISEMENT


किर्तीपुरस्थित टीयू मैदानमा ब्याटिङ थालेको विराटनगरले पूरा ओभर खेलेर ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि पवन सरार्फले प्रतियोगिता कै पहिलो अर्धशतक पूरा गरेपनि टिमलाई जिताउन सकेनन् ।


ADVERTISEMENT

# # #


यस्तै जय किसन कोल्सावालाले १२ रन बनाएर आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा पेवेलियन फर्किए । यस्तै योगेस नागर २७ रनमा आउट भए । कुशल भुर्तेल २० तथा मेहवुव आलम १३ रनमा अविजित रहे ।

ललितपुरले अन्तिम ओभरमा फिनिसिङ राम्रो गर्न नसक्दा झिनो अन्तरले पराजित हुन पुग्यो ।

बलिङतर्फ विराटनगरका करण केसी, पारस खड्का, वसन्त रेग्मी र अंशुमान रथले समान १/१ विकेट लिए ।

यता विराटनगरका लागि पाँचौ स्थानमा आएका अनिल कुमार शाहले कप्तान पारस खड्कासंग ७४ रनको साझेदारी गरेपछि विराटनगरले राम्रो स्कोर बनाउन सक्यो ।

विराटनगरका लागि अनिलकुमार शाहले सार्वाधिक ४७ रन बनाए । ३५ बलको सामना गरेका उनी अर्धशतक बनाउनबाट चुके । यस्तै कप्तान पारसले ३६ बल खेलेरु ३७ रन बनाए । विराटनगरका लागि आएका हङकङको राष्ट्रिय टिमको कप्तान बाबर हायातले ३४ रन बनाए ।

यस्तै अंशुमान रथले १४, आसिफ सेखले ४ रन बनाउँदा पुस्प थापा शुन्य रनमा रन आउट भए । यस्तै करण केसी पाँच रनमा नट आउट रहे ।

यता ललितपुरका लागि सन्दीप लामिछानेले २ विकेट लिए । योगेश नागर र एस भाटीको नाममा समान १/१ विकेट रह्यो ।