दाङ – दाङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा गठबन्धनका मेटमणि चौधरीले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका शान्ता चौधरीलाई एक हजार सात सय ३५ मतले पछि पारेका छन् ।


ADVERTISEMENT


कुल १४ हजार चार सय १९ मतगणना हुँदा एकीकृत समाजवादीका चौधरीले पाँच हजार पाँच सय ३५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले तीन हजार आठ सय मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । मेटमणि सुरुआतदेखि नै अग्रस्थानमा छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले तीन हजार ५२ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले एक हजार ९३ मत ल्याएको पनि निर्वाचन अधिकृत विष्टले बताए । क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । क्षेत्र नं १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।