काठमाडौं-निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् ।


ADVERTISEMENT


दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रुपमा भने छलफल भएको छैन ।


ADVERTISEMENT

# # #


शीर्ष तहमा पदीय जिम्मेवारी तथा संगठनात्मक स्वरुपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको छ ।

पहिलो विकल्पमा आलोपालो नेतृत्व गर्ने, दोस्रो विकल्पमा महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाने र तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सातजना सचिव तय गरेर जाने गरी छलफल भइरहेको छ ।

माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुबै पार्टीका एक-एक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना राखेर प्रदेश हेर्ने गरी छलफल चलिरहेको छ ।