भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार राति अज्ञात समूहले भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगलागी गराएको हुनसक्ने रास्वपाले जनाएको छ । उक्त घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सदस्य पूर्ण गुरूङले जानकारी दिए अनुसार आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको  छ ।

घटना राति भए पनि खबर भने बिहान ११ बजेतिर मात्रै पाएकोले त्यसबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

‘पार्टीको सम्पर्क कार्यालयमा आगलागी भएको भन्ने खबर पायौँ, के कारणले या कसले घटना गरायो भन्ने खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने, ‘सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति भएको छैन । अनुसन्धान जारी छ ।’