काठमाडौं-मेक्सिकोको दक्षिण पूर्वी क्षेत्रमा विदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।


ADVERTISEMENT


युक्याटान प्रायदिपको पुर्वी भागमा गइरहेको बस सडकबाड तल खसेर पल्टिएको थियो ।


ADVERTISEMENT

# # #


रोयल क्यारेबियन नामक सामुन्द्रिक जहाज हुँदै आएका अमेरिका, इटली , स्वीडेन र ब्राजिलका पर्यटक, उनीहरुका गाइड, बस चालकसहित बसमा ३१ जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।

घाइतेहरुले बस एक्कासी पल्टिएको बताएपनि दुर्घटनाको यकिन कारण पत्ता लागेको छैन ।