काठमाडौँ – यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।


ADVERTISEMENT


तेस्रो जित हात पार्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई १ सय १३ रनले पराजित गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १०० रन बनाउँदा अलआउट भयो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेंनीले १५ रन बनाए ।


ADVERTISEMENT

# # #


सुदुरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो । सुदुरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुर्ग सिंहले ७१ बलमा ३७ रन बनाए । गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदिप अर्याल, सचिनराज अधिकारी,अर्जुन कुमाल,सिब्रिन श्रेष्ठ,निर्तिश गिरि र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए ।

त्यस्तै प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १ सय ३६ रनको लक्ष्य ३४.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । कर्णालीका लागि मोहन विकले अविजित ३८ रन तथा मनिश थापाले ३२ रन बनाए । अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए । मधेशका लागि रन्जित कुमारले ५ तथा अजित मण्डलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुदै १ सय ३५ रन बनाएको थियो

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।