काठमाडौँ– एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड(एचएमडीएल) बीच लगानी सम्झौता भएको छ । यी दुई संस्थाबीच गत बिहिवार भएको सो सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचएमडीएलको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


सम्झौता अनुसार, एचएमडीएलमा एनआईबिएल एस क्यापिटलले केही न्युनतम हिस्सेदारी प्राप्त गर्ने बताइएको छ । टाटा समूहसँगको सहकार्यमा, एचएमडीएलले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ ।


ADVERTISEMENT

# # #


कोभिड–१९ का बीच सन् २०२१ मा स्थापित एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससंगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी होे ।

एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरू आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचान समेत निर्माण गरेको छ । एचएमडीएलले कोभिड पिसिआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ ।

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ । साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना समेत रहेकोे छ ।

एचएमडीएलले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै सम्पूर्ण राष्ट्रलाई फाइदा पु¥याउने लक्ष्य समेत राखेको छ ।