काठमाडौँ — मुक्तिनाथ विकास बैंकले कफीसम्बन्धी व्यवसाय गर्न इच्छुक साना उद्यमीलाई व्यवसायिक कर्जा प्रदान गर्ने भएको छ । पुतलीसडकस्थित कफी सोलुसन प्रालिसंग भएको सम्झौता अनुसार, बैंकले कफी व्यवसाय सञ्चालन गर्न चाहनेलाई व्यावसायिक कर्जा प्रवाह गर्ने भएको हो ।


ADVERTISEMENT


सम्झौताअनुसार कफी सोलुसनले कफीसम्बन्धी व्यवसाय गर्न इच्छुक व्यक्तिलाई छनोट गरी आवश्यक तालिम दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ । बैंकले भने कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम व्यवसायीलाई बिनाधितो ऋण उपलब्ध गराउने बताइएको छ ।


ADVERTISEMENT

# # #


ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले बैंकलाई मासिक किस्ता तिर्न मिल्ने व्यवस्था गरिएको छ । यसबाट साना व्यवसायीको दैनिक जीविकोपार्जन र स्वरोजगार बन्नमा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।