काठमाडौं – एनआईसी एशिया बैंकले बाजुराको बडीमालिका नगरपालिका मार्तडीमा सञ्चालनमा ल्याएको शाखाको गत मंगलवार उद्घाटन गरेको छ । बैंकले गत साउन २२ गतेदेखि शाखा सञ्चालनमा ल्याएको थियो ।


ADVERTISEMENT


मार्तडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमूख आतिथ्यमा नगरपालिकाका मेयर पदम बडुवालले गरेका छन् । युके एडको लगानीमा सञ्चालित उक्ससेस टु फाइनान्ससँगको सहकार्यमा सो शाखा सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट बैंकले अंगिकार गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास बैंकको छ । बैंकले मार्तडी शाखा सहित सो जिल्लामा अन्य थप ३ वटा शाखा रहित बैंकिङ सेवा स्थापना गर्ने भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको संस्थाको दाबी छ । हाल बैंकको नेपालभर १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।