काठमाडौँ– काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग(इपीएल)मा विराटनगर वारियर्सले लगातार दोस्रो जीत हात पारेको छ । पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विजय हासिल गरेको हो ।


ADVERTISEMENT


किर्तीपुरस्थित टीयू मैदानमा ब्याटिङ थालेको पोखरा राइनोजले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १२२ रन बनायो । १२३ रनको लक्ष्य पूरा गर्न मैदान उत्रिएको विराटनगरले १९.३ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि हङकङका खेलाडी अंशुमान रथले सर्वाधिक ६० रनको योगदान दिए। ६१ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै बाबर ह्यातले २२ रन बनाए। त्यसपछि कप्तान पारस खड्काले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

पोखराका लागि सुसन भारी र इस्रुल्लाहले २-२ विकेट लिए।

यसअघि पोखराका लागि राजेश पुलामीले ३०, सुनिल धमला १८ र इस्रुल्लाहले २१ रन बनाएपछि निर्धारित २० ओभरको खेलमा १२२ रन बनाएको थियो।

विराटनगरका कप्तान खड्काले ३ विकेट लिएका थिए। यसअघि पहिलो खेलमा विराटनगरले ललितपुरलाई हराएको थियो भने पोखराले चितवनलाई १० विकेटले पाखा लगाएको थियो । पोखराको पराजयसंगै प्रतियोगितामा ४ अंकसहित विराटनगर शीर्ष स्थानमा छ ।

अंशुमान रथ म्यान अफ द म्याच घोषित भए ।  आजै अर्को खेल भैरहवा ग्याडियर र काठमाडौँ किंस इलाभेनबीच हुनेछ । काठमाडौँले टस जितेर फिल्डिङ रोजेको छ ।