काठमाडौं-चेल्सी इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति बर्नेमाउथलाई २-१ ले हराउँदै चेल्सी अन्तिम चारमा स्थान बनाएको हो । योसँगै चेल्सी १३ औं पटक इन्ग्लिश लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन विलियन र अल्भारो मोराटाले एक-एक गोल गरे । बर्नेमाउथका डान गोस्लिङले एक गोल फर्काएका थिए । पहिलो हाफको १३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफ १-० ले अगाडि रहेको चेल्सी दोस्रो हाफमा केही आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न सकेन ।


ADVERTISEMENT

# # #


दोस्रो हाफको ९० औं मिनेटमा बर्नेमाउथका गोस्लिङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयको अन्तिम मिनेटमा चेल्सीका मोराटाले गोल गर्दै चेल्सीलाई २-१ को संघर्षपूर्ण जित दिलाए । अब चेल्सीले फाइनल प्रवेशको लागि आर्सनलसँग खेल्ने भएको छ । यसअघिनै वेष्ट ह्यामलाई १-० ले हराएको आर्सनल सेमिफाइनलमा पुगिसकेको छ ।