काठमाडौं-वरिष्ठ संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ ।


ADVERTISEMENT


लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय शर्माको राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्मा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिएका थिए । उनलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए ।

उनले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गरेका थिए । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गर्नु भएका शर्माले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिएका थिए । यस्तै गीतिनाटक मुनामदन, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गरेका छन् ।

शर्माद्वारा संगित भरीएका मेरो देशको माया, चपला अबला एक सूरमा, हामी नदीका दुई किनार लगायत कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उनको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।