काठमाडौं-खोटाङको केपीलासगढी गाउँपालिकाको व्यापारिक केन्द्र बाक्सिलामा आगलागी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको बुधबारे हाट लाग्ने बजारमा बुधबार राति आगलागी हुँदा १० वटाभन्दा बढी टहरा जलेका छन् ।


ADVERTISEMENT


केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईको घर अगाडिको टहराबाट आगो सुरु भएको स्थानीयले बताएका छन् । ‘टहरामा आगो लागेको राति दुई बजेतिरमात्र थाहा भयो,’गाउँपालिका प्रमुख राईले भने, ‘तत्काल निभाउन सफल भएकाले बजारमा आगो फैलिन पाएन ।’


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले भने हाटका दिन व्यवसायीले अगेनामा बालेको आगो ननिभाई छाडेका कारण आगो लागेको हुनसक्ने बताए । ‘यस विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने, ‘व्यवसायीले बालेको आगो ननिभाई छाडेका कारण राती आगो लागेको हुनक्ने अनुमान गरिएको छ ।’