काठमाडौं – अन्तराष्ट्रिय बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा माग घटेको र काँचो छालाको उत्पादन पनि कम भएकाले छाला उद्योगहरु घाटामा संचालन भईरहेको छाला उद्योगीहरुले बताएका छन् । अहिले भैसीको छालाको मुल्य एक हजार रुपैयाबाट घटेर ५ सय रुपैया र खसी बाख्राको छालाको मुल्य ६० रुपैयाबाट बढेर एक सय ५० रुपैयामा पुगेको छ ।
केही वर्षअघि पूर्वमा महिनामा १ लाख ५० हजार थान बाख्राको छाला संकलन हुने गरेकोमा अहिले ५० हजार थान मात्र संकलन हुने गरेको र भैसीको छाला संकलन महिनाको ४० हजार थानबाट घटेर २० हजारमा पुगेको नेपाल लेदर टेनर्स एसोशियसनका उपाध्यक्ष हसन अन्सारीले जानकारी दिए । उनले अन्तर्र्रााट्रय बजारमा माग घटिरहेको बेला केमिकल र मजदुरहरुको ज्याला भने बढेको बताए ।
अन्तर्रााट्रय बजारमा छालाको माग घटेको र प्रतिस्पर्धा गर्न गाह्रो भएकोले करिब ४० करोडको छाला व्हाइट ब्लु गरेर गोदाममा थन्क्याइएको छाला उद्योगीहरुले बताएका छन् । र्पूवमा ४ वटा छाला उद्योगहरु रहेकोमा एउटा उद्योग बन्द भईसकेको छ ।



























