जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन् ।


ADVERTISEMENT


जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु हो भनेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उनले बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया हो भन्दै यस यथार्थभन्दा विपरित नेकपा (एमाले)का नेताले भ्रम सिर्जना गरिहेकामा आपत्ति जनाए ।

उनले मधेशको अस्तित्व लुम्बिनी र मिथिला भएकाले लुम्बिनी र मिथिलाको संस्कृति, भाषा र पहिचानलाई खण्डित गर्ने कार्य कुनै पक्षबाट गर्न नहुने धारणा राखे ।