काठमाडौँ– साताव्यापी चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमणको चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने भएका छन् । चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने सो भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । भेट करिब १५ मिनेट लामो हुनेछ ।


ADVERTISEMENT


नेपालको सम्बन्ध दक्षिणी छिमेकी भारतसँग नजिक भएको टिप्पणी भइरहेका बेला हुन लागेको उक्त भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।


ADVERTISEMENT

# # #


भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ । भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

चैत्र १० गते साताव्यापी चीन भ्रमणमा निस्किएका दाहालले शनिबार बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहाल भोलि ल्हासा गएर १६ गते स्वदेश फर्किने छन्। नेपाली भ्रमण टोलिमा प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल, परराष्ट्र मन्त्री प्रकाश शरण महत लगायत छन् ।