काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराए ।

विहिबार आफूलाई बधाई दिन बालकोटस्थित निवास पुगेकाहरुसँग उनले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि दुविधा पाल्न नहुने दोहो(याए ।

अध्यक्ष ओलीले सरकार गठन प्रक्रिया आफ्नै गतिमा अघि बढने विश्वास पनि व्यक्त गरे । उनले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै पुनः आपत्ति जनाए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने पनि स्पष्ट पारे । उनले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा विलम्ब नहुने उल्लेख गरे ।

अध्यक्ष ओलीले सरकार गठन प्रक्रियामा काँग्रेसले भाँजो नहालेको र हाल्न खोज्ने अवस्था नरहेको पनि बताए । उनले निर्वाचन सम्पन्न गराउन संचारमाध्यामले खेलेको भूमिकाको खुलेर प्रशंशा समेत गरे ।