काठमाडौं –  काठमाडौं किंग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।


ADVERTISEMENT


अघिल्ला दुई खेल गुमाएको काठमाडौंले तेस्रो खेलमा भने जित निकालेको हो । पहिलो खेलमा काठमाडौं ललितपुर ललितपुर प्याट्रिएट्ससँग ७ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा काठमाडौं भैरहवा ग्लाडिएटर्ससँग पनि ७ विकेटले नै पराजित भएको थियो । यता,चितवनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर पोखरा राइनोजसँग १० विकेटले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १४३ रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा कप्तान परवेज महारुफले ३९ तथा अमित श्रेष्ठले ३८ रन जोडे । त्यस्तै सागर कुमारले २३ र सिदान्त लोहनीले १२ रन जोडे । चितवनका प्रविन गुप्ताले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४२ रन जोडेको थियो । चितवनको लागि दिलिप नाथ ४६ रन जोड्दा साबेज खानले २७ रन बनाए । त्यस्तै योगेन्द्र सिंह कार्कीले १७ रन जोड्दा कमल सिहं एरीले अविजित १२ रन जोडे । कप्तान दिपेन्द्र सिहं एरी मात्र ९ रन बनाएर आउट भए । काठमाडौंका कप्तान परवेज महारुफले ३ तथा सागर पुन, बिक्रम भुसाल र अमर रौटेलाले समान एक एक विकेट लिए ।

यो जितसंगै काठमाडौंले ३ खेलबाट २ अंक जोडेको छ । काठमाडौंले लिगको पाचौ स्थानमा छ । पराजित चितवन अंकविहिन रहदै लिगको पुछारमा रहेको छ । ६ टोलि सहभगी लिगको शिर्ष स्थानमा भैरहवा ग्लाडीयर्स र दोस्रो स्थानमा विराटनगर वारिवर्स रहेको छ । दुवैको समान ४ – ४ अंक छ