काठमाडौँ– आइतबार ‘फिफा विश्वकप–२०२२’ को अन्तिम खेल निकै रोचक रह्यो । कतारको दोहास्थित भएको अर्जेन्टिना र फ्रान्सबीचको अन्तिम भिन्डतले सबैमा उत्साह भरिएको थियो । अन्ततः फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । यसै विश्वकपमा अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सीले समेत विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाए ।


ADVERTISEMENT


यसैबीच प्रतिपक्षी तथा उपविजेता फ्रान्सले हारेर पनि आफ्नो उत्कृष्ट छाप छोड्न सफल भएको छ । फ्रान्सकै खेलाडि केलियन एम्बाप्पेले सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन गोल्डेन बुट पाएका छन् । उनले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए । जसमा उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई समेत पछि पारे । मेस्सीले ७ खेलमा ७ गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


यतिमात्र नभई २४ वर्ष पुग्नुअघि नै यस्तो उपलब्धी पाउने एमबाप्पे पहिलो खेलाडी हुन् । यसका लागि उनले ब्राजिलका महान खेलाडी पेलेको कीर्तिमान तोडे । पेलेले यस अवधिमा ७ गोल गरेका थिए । जसकारण हाल उनको उनको करियरको तुलना पेलेसँग हुन थालेको छ । ब्राजिलियन लिजेण्ड पेलेले २१ वर्षको उमेरमै दुई पटक विश्वकप जितेका थिए ।