काठमाडौँ – नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले बुधबार भएको निर्वाचनमा नेपाली काँग्रेसका बागमती प्रदेशसभापति तथा निवर्तमान प्रशेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् ।


ADVERTISEMENT


बागमतीमा काँग्रेसका कूल ३७ सांसद रहेकोमा निर्वाचित लामाले २१ मत ल्याए । उनका प्रतिद्वन्द्वी बानियाँले १६ मत मात्रै प्राप्त गरे । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।


ADVERTISEMENT

# # #


यसअघि लामा र बानियाँ मुख्यमन्त्रीका दाबेदार मानिएका थिए । तर, बागमतीमा पहिलो पार्टी भए पनि काँग्रेसले सरकार चलाउन नपाउने भएको छ । केन्द्रीय राजनीतिमा एकाएक उलटफेर आएपछि काँग्रेस सत्ताबाट बाहिरिन पुगेको हो ।