काठमाडौँ – बागमती प्रदेशको बैठक पुस १८ गते बस्ने भएको छ । बागमती मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेका हुन् ।


ADVERTISEMENT


जस अनुसार बागमती प्रदेशसभाको ११औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने भएको हो ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरे अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।