काठमाडौं-उखुको नयाँ मुल्य निर्धारणको माग गर्दै आएका नवलपरासीका किसानले नयाँ सरकार गठन नभएसम्म पुरानै मुल्यमा उखु बिक्री गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


उद्योग मन्त्रालय, किसान र उद्योगीबीच मुल्य निर्धारणका लागि पटक पटक वर्ता भएपनि सहमति हुन नसकेपछि पूरानै मुल्यमा उखु बिक्री गर्न किसान बाध्य भएका हुन् ।


ADVERTISEMENT

# # #


किसानको चौतर्फी दवाब पछि सरकारले नयाँ मुल्य तोक्न नसकेपनि पुरानै मुल्यमा कारोबार गर्न उद्योगी र किसानलाई पत्राचार गरेकाले सोही अनुसार कारोबार भईरहेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताएका छन् ।

सरकारले अघिल्लो वर्ष प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ मुल्य तोकेपनि उद्योगीले भने ५ सय १७ मात्र दिने अडान राखेका थिए । सरकारले निर्धारन गरेको मुल्य पाउन समय लाग्ने भएपछि उद्योगीको तोकेको सस्तो मुल्यमा उखु बिक्री गर्न कृषकहरु बाध्य छन् ।