काठमाडौँ – राष्ट्रपति विद्यादेवी नेपाली फुटवयर उत्पादनलाई गुणस्तरसहित ब्रान्डिङ गर्न सके मुलुकको व्यापार घाटा कम गराउन सकिने बताएकी छन् ।


ADVERTISEMENT


बिहीबार भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय फुटवयर औद्योगिक प्रदर्शनी २०७९ को उद्घाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् । उनले भनिन्, ‘नेपाली श्रम, सीप र कच्चा पर्दार्थबाट नेपालमै उत्पादित सामानहरुको निकासी प्रवर्द्धन गर्न सके हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवयर उत्पादन उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’


ADVERTISEMENT

# # #


साथै उनले नेपाली उत्पादनलाई सहज र सुलभ बनाउनका लागि सरकारले समेत ध्यान पुर्याउनुपर्ने उनले जनाइन् । उनले प्रदर्शनीमा नेपाली औद्योगिक उत्पादनको प्रवर्द्धन हुने बताउँदै यसलाई सकारात्मक रुपमा लिँदै उद्यमीहरुको आत्मविश्वासलाई उच्च राख्न र प्रतिस्पर्धात्मक बनाउन नीतिगत पहल गर्ने उमेत विश्वास वयक्त गरिन् ।

साथै उनले राष्ट्रपति भण्डारीले प्रदर्शनीले नेपाली उत्पादनलाई नेपाली उपभोक्तामा नेपाली उत्पादनप्रति विश्वास जगाउन भूमिका खेल्ने आशा व्यक्त गरिन् । उनले भनिन्, ‘कतिपय नेपाली ब्रान्डका फूटवेयरहरुले अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता हासिल गर्न समेत सफल भएको कुरा मलाई जानकारी छ । हाम्रा उत्पादनलाई गुणस्तरसहित ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली फुटवयरका लागि बजार उपलब्ध हुनसक्छ भन्ने यसबाट प्रस्ट हुन आउँछ ।’

बजार विस्तारका अवसर जोखी गर्दे त्यसको उपयोग गर्न समेत उनले नेपाली फुटवयर व्यवसायीलाई आग्रह गरिन् । नेपाल सरकार र उद्यमीबीचमा प्रयाप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धी हासिल गर्नका लागि प्रदर्शनी उपयोगी माध्यम हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।