काठमाडौँ– फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ ।


ADVERTISEMENT


‘हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ’, निर्देशक जेम्सले बताए । प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनयको अभिनय देख्न सकिन्छ । ‘मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्’, अभिनेत्री ऋचा शर्माले भनिन् ।


ADVERTISEMENT

# # #


अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गरेका छन् । ‘निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु’,अभिनेत्री हमालले सुनाइन् । अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गरेका छन् । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ । रासस