काठमाडौं-इलेक्ट्रोनिक रिक्सा मुख्य राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि लहानमा भने सिटी सफारी चालक संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले सिटी सफारी व्यवस्थित रुपमा सञ्चालन गर्न थालेका छन् ।


ADVERTISEMENT


सडकमा रिक्सा राखेर यात्रु तान्न होडबाजी गर्ने सीटि सफारी चालकहरु आफैं नियममा बाँधिएका छन् । केही दिनअघिसम्म यात्रु तान्न तछाड–मछाड गर्ने सफारी चालकहरु लामबद्ध भएर यात्रु कुरिरहेको दृश्य देख्दा यात्रुहरु समेत अचम्मित हुने गरेका छन् ।


ADVERTISEMENT

# # #


लाइनमा बसेका सफारीमध्ये पहिलोले सबै यात्रु बोक्ने गरी लाइन लाग्ने व्यवस्था लागू गरिएको सिटी सफारी संघका अध्यक्षले जानकारी दिए । यसो गर्दा व्यस्त सडकमा यत्रतत्र सफारी नहुने र ठूला सवारी तथा पैदल यात्रीलाई पनि अवरोध नहुने सिटी सफारी चालक संघका अध्यक्षको भनाइ छ ।

सफारीले दुर्घटना बढाएको र धेरै चालकहरुसँग अनुमतिपत्र पनि नभएको निष्कर्ष निकाल्दै इटहरीमा यस्तो निर्णय भएपछि सिरहाको लहानमा सफारी चालकले स्वनियम बनाएका हुन् । लहान चोकमा बस तथा सिटी सफारीको अव्यवस्थित पार्किङले दुर्घटनाको खतरा बढाएको थियो ।