बागमती– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराए ।


ADVERTISEMENT


मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् ।। नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गए ।


ADVERTISEMENT

# # #


थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो । मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नेछन् ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित छन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा १ र बिनाविभागीय मन्त्री थापा काठमाडौँ क्षेत्र नं ८ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।