काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताएका छन् ।


ADVERTISEMENT


पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


“अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौँ, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ”, मुख्यमन्त्री अधिकारीले भने, “जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन ग¥र्यौँ, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।”

सामाजिक उत्थानका रुपान्तरणकारी परियोजना सञ्चालन गरेर गण्डकी प्रदेशलाई समुन्नत बनाउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासलाई आफूले प्राथमिकता राख्ने बताए ।

उनले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।