एजेन्सी – बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ले पहिलो दिनमा धेरै प्रति विक्रि हुने कीर्तिमान कायम गरेको छ । प्रकाशक ट्रान्सवर्ल्ड पेंगुइन र्यान्डम हाउसका अनुसार राजकुमार ह्यारीको पुस्तक पहिलो दिनमै छामा माध्यम, अडियो माध्यम र इ–बुकमा गरी ४ लाख भन्दा बढी प्रतिहरु बिक्रि भएको बेलायती पत्रिका मिररले जनाएको छ ।


ADVERTISEMENT


प्रकाशकका प्रबन्ध निदेशक ऐरी फिने स्पेयर’ पहिलो दिनमै सबैभन्दा धेरै विक्रि हुने गैरआख्यान रहेको बताए । यस्तै समग्रमा पहिलो दिनमा धेरै विक्रि हुने पुस्तकमा बेलायती लेखक जे के रोलिङको ह्यारी पोर्टर सिरिजलाई छाड्ने हो भने स्पेयर पहिलो पुस्तक रहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी सँधै यो पुस्तकले केही गर्छ भन्नेमा स्पष्ट थियौँ । तर, यसले हाम्रो अपेक्षाभन्दा पनि कयौँ गुणा राम्रो गरेको छ । हामीलाई जानकारीमा आएसम्म पहिलो दिनमै सबैभन्दा धेरै विक्रि हुने पुस्तकमा यसभन्दा अघि ह्यारी पोर्टरका सिरिज मात्रै छन् ।’

‘स्पेयर’ सार्वजनिक हुनु पाँच दिन अघि नै स्पेनमा लिक भएको थियो । जसका कारण विभिन्न मिडियाले आफ्ना संस्करणहरुमा ‘स्पेयर’ले खुलासा गरेका कतिपय कुराहरु समावेश गरेका थिए ।

उत्सुक्ता भरिएको ४१६ पृष्ठको ‘स्पेयर’मा बेलायती शाही परिवारभित्रको जीवनका आफ्ना मसालेदार खुलासा भरपुर रहेको ‘मिरर’ले जनाएको छ । पुस्तक प्रकाशित हुनेभएपछि बेलायती राजा चार्सले आफ्ना अन्तिम वर्ष दुखद नबनाउन राजकुमार ह्यारीलाई आग्रह गरेको समेत पुस्तकमा उल्लेख छ ।

पुस्तकमा ह्यारीका भाइ राजकुमार विलियमले मेघन मार्कल (ह्यारी पत्नी)लाई कुटपिट गरेको कुुराले समेत सनसनी मच्चाएको छ । एकै पटक १६ भाषामा प्रकाशित ‘स्पेयर’ महंगो भए पनि पाठकले बिनासंकोच किनिरहेका छन् । जसको अंग्रेजी संस्करणको मूल्य ८२ पाउन्ड (१३ हजार ११८ रुपैयाँ) रहेको छ ।

दरबारको चाहना विपरित अश्वेत युवती अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि परिवारबाट एक्लिँदै गएका ह्यारीले २०२०मा बेलायती राजपरिवारका सबै सेवा, सुविधा र पद त्याग गर्दै बेलायत छाडेका थिए । उनी हाल क्यानडामा बस्दै आएका छन् ।

खर्च धान्न गाह्रो भएपछि दरबारका कुरा बाहिर ल्याएर पैसा कमाउन खोजेको भन्दै ह्यारीको ‘स्पेयर’को आलोचना समेत भइरहेको छ ।