धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । उनलाई प्रदेशप्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


राजल २९ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री बनेका हुन् । रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थन पाएका छन् ।


ADVERTISEMENT

# # #


केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसकेका छन् भने, नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।